अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-०९
- A
- A-
- A+
कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.९ मटेना र कृष्णपुर न.पा.५ वनदेवि जंगल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८६,४५०।– बराबरको चिनी, बिडी, पानीपुरी, खाने तेल, सुर्ती, गुडिया, प्लाष्टिक झिल्ली, कस्मेटिक लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा. ३ सिसा पोष्ट नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४१,४३०।– बराबरको किराना लगायतका सामानहरु आईतबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।