अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-०९
- A
- A-
- A+
कैलाली:- टिकापुर नगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ४०० मिलिग्राम सहित २ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका १ बस्ने बर्ष ३० को सागर रावल र बर्ष १९ को जिबन कुवँर रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी सत्ति, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सु.प.प्र.०१-००८ प ८४७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।
कञ्चनपुर:- बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ ९ ग्राम ६५० मिलिग्राम सहित २ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका ७ कलुवापुर बस्ने बर्ष २४ को भिम राना र सोही नगरपालिका ५ गुलरिया बस्ने बर्ष २६ को आकाश राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-००८ प ९७३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।