बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
२०८२-१२-१०
- A
- A-
- A+
डोटी:- जिल्ला डोटी, आदर्श गा.पा.-६ रौसेल्ला खोला स्थित मौवा-गिरिचौका भित्री कच्ची सडकखण्डमा खतेडाबाट काँडी स्याउलेतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ च ३९२३ नम्बरको बोलेरो जीप घुम्तीमा अनियन्त्रित सडकबाट अन्दाजी ९०० मिटर तल खस्न गई गय राति दुर्घटना हुँदा जीप चालक सोही गाउँपालिका-३ काँडी स्याउले बस्ने वर्ष २२ को सुबोध रोकाया र जीपमा सवार सोही ठाउँ वस्ने १९ वर्षीय कैलाश बि.क. को घटनास्थलमै मृत्यु भएको छ । दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।