अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-१२
- A
- A-
- A+
कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.४ बसपार्क, दोधारा चाँदनी न.पा.७ कञ्चभोज र बेलौरी न.पा.१० सडकघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,४७,४५९।– बराबरको चिनी, पेय पदार्थ, सुर्ति, थान कपडा, जुत्ता, चप्पल, कट्टु, हार्डवेयर लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।