अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली लम्कीचुहा न.पा.६ बागमाराबाट १८० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २४ को गणेश बि.क. लाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.८ पचुईबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ३२० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.६ बस्ने बर्ष ३८ को प्रेम लाल राना र सोही ठाउँ बस्ने बर्ष ४३ को मागुराम चौधरी रहेका छन् । गोप्य सुचनाको आधारमा प्रहरी चौकी पचुई, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको से ५ प ५८०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।