अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-१८
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.९ त्रिबेणीघाटबाट
अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४८,०००।– बराबरको सिद्रा माछा मंगलबार अस्थायी प्रहरी पोष्ट
शान्तिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक
प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भीमदत्त न.पा.४ बसपार्क र ऐ.५ सुकासालबाट
अबैंध रुपमा भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,७७,५००।-बराबरको कस्मेटिक
सामान, भारतिय नम्बर प्लेटको स्कुटी लगायतका सामानहरु मंगलबार दिउँसो जिल्ला
प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले
बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।