आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
२०८२-१२-२२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली घोडाघोडी न.पा.८ आमफाटा बस्ने नेत्र कुमालको कच्ची गोठमा आगलागी हुँदा गोठभित्र रहेका ४ वटा खसी बाख्राको जलेर मृत्यू भएको हो । साथै सोही गोठ र गोठ भित्र रहेका मोटरसाइकल, साइकल लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.३,५८,०००।– (तिन लाख अन्ठाउन्न हजार) बराबरको धनमाल जलेर नष्ट भएको, मानविय क्षेती नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो ।
यसैगरी, जिल्ला कैलाली घोडाघोडी न.पा.३ निम्दि बस्ने दान बहादुर चौधरीको गोठमा आगलागी हुँदा गोठ र गोभित्र रहेका आलु, धान काट्ने रिफर, साइकल, त्रिपाल लगायतका सामानहरु लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.१,७३,०००।– (एक लाख तिरहत्तर हजार) बराबरको धनमाल जलेर नष्ट भएको हो, आगलागीबाट मानविय तथा चौपाया क्षेती नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो ।