अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-२५
- A
- A-
- A+
कैलाली:- धनगढी उपमहानगरपालिका वडा नं ८ मोति
चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ३७० मिलिग्राम सहित
धनगढी उपमहानगरपालिका वडा नं ७ बस्ने बर्ष २५ को मुकेश रानालाई मंगलबार साँझ
प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई
उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
डडेल्धुरा:- अमरगढी नगरपालिका वडा नं ५ बागबजार
बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९३० मिलिग्राम सहित
जिल्ला बैतडी दोगडाकेदार गा.पा.७ बस्ने बर्ष ३४ को बिरेन्द्र सिंह कार्कीलाई
मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट
खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।