अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-२७
- A
- A-
- A+
कैलाली:- जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि
ल्याएका अन्दाजी मूल्य रु. १,०७,१००।– बराबरको किराना समान,कपडा र साईकल थान-४ लगायतका
सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको
प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि
नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- भिमदत्त न.पा. ११ गड्डाचौकीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि
गरि ल्याएका अन्दाजी मूल्य रु. १,१८,०००।– बराबरको मोबाईल कभर, हार्डवेयर समान र किराना लगायतका
सामानहरु बिहिबार इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले
बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।