जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-१२-२७
- A
- A-
- A+
कैलाली :- २८ वर्षीया महिलालाई जबरजस्ती करणी
गरेको अभियोगमा जिल्ला कैलाली कैलारी गा.पा. ३ हसुलिया बस्ने बर्ष २३ को सनि चौधरीलाई बिहिबार बेलुकी प्रहरीले पक्राउ
गरेको छ । सनि चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला
प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।