सवारी दुर्घटनाबाट चालक सहित ३ जनाको मृत्यू
२०८२-१२-२७
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.-१ कुगडा स्थित
पहरीया- कुमगडा भित्री कच्ची सडक खण्डमा से १ ज २९० नं. को जिप अनियन्त्रित भई
कच्ची सडकबाट अन्दाजी ५०/६० मिटर तल खोल्सामा खसी बिहिबार दुर्घटना हुँदा उक्त
जिपमा ८ जना सवार मध्ये २ (दुई) जनाको घटनास्थलमा र १ जनाको उपचारको क्रममा
अस्पतालमा मृत्यु भएको छ । मृत्यू हुनेमा
जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.१ बस्ने
बर्ष ६०को नन्दराम पार्की र ऐ.ऐ.बस्ने
बर्ष ६२ की कलावती देवी बोहराको घटना स्थलमा र जिप चालक जि.कञ्चनपुर
कृष्णपुर न.पा.१ बस्ने बर्ष २४ को अर्जुन साउदको उपचारको क्रममा निसर्ग अस्पताल
धनगढी कैलालीमा मृत्यू भएको हो । घाईते ५ जनाको निसर्ग अस्पताल धनगढी कैलालीमा उपचार
भईरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।