अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-२८
- A
- A-
- A+
कैलाली:- धनगढी उपमहानगरपालिका-३ गणेश मन्दिर नजिकैबाट १३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र ६ ट्याब्लेट स्पास नामक लागु औषध सहित सोही उपमहानगरपालिका-२ बस्ने २१ वर्षिया अविशेक शर्मा समेत ३ जनालाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विशालनगर,कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।