फरार प्रतिवादी पक्राउ
२०८२-१२-२८
- A
- A-
- A+
कैलाली
:- फैसला
कार्यान्वयनको सिलसिलामा चोरी मुद्दामा २५ दिन कैद सजाय र रु.१०,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली गौरीगंगा न.पा.४
राजिपुर बस्ने वर्ष २४ को सुरेश नेपालीलाई इलाका प्रहरी कार्यालय चौमाला,कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार निजको घर ठेगानाबाट पक्राउ गरेको हो ।
डोटी
:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डोटीको मिति २०८२।०४।२६ गतेको
फैसलाले बैङ्किङ कसुर मुद्दामा १० दिन कैद सजाय र रु.४०,००,००० ( चालिस लाख ) जरिवाना तोकिएकी जिल्ला डोटी आदर्श गा.पा. वडा नं. ०३ बस्ने वर्ष ४० कि सन्जा कुमारी कठायत
रोकायालाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको
प्रहरी टोलीले शुक्रबार जिल्ला डोटी दिपायल सिलगढी न.पा. वडा नं. ४ पिपल्ला
बजारबाट पक्राउ गरेको हो ।