सवारी दुर्घटनाबाट मोटरसाईलक चालकको मृत्यू
२०८२-१२-२९
- A
- A-
- A+
कैलाली:- जिल्ला
कैलाली कैलारी गा.पा. १ स्थित हुलाकी राजमार्गमा सु.प्र.प्र. ०१-००१ च ३७५३
नम्बरको बोलेरो पिकअप जिप र बिपरित दिशा तर्फ आउदै
गरेको बा २६ प ३०२७ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिन जाँदा भएको सवारी दुर्घटनामा
मोटरसाईकल चालक धनगढी उपमहानगरपालिका वडा नं १९ फुलबारी बस्ने वर्ष २२ को राम मिलन
चौधरी गम्भिर घाईते भई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा निजको उपचारको
क्रममा शनिबार बेलुका मृत्यू भएको हो । बोलेरो पिकअप र चालक जिल्ला कैलाली भजनी न.पा.५ वस्ने वर्ष २३
को राजु डगौरालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।