प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस पक्राउ

२०८०-०२-०८

  • A
  • A-
  • A+
Share

कैलाली- मिति २०८०।०२।०७ गते ला.औ.ब्युरो महेन्द्रनगर कन्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उमनपा ७ जोखर स्थित जिल्ला बझाङ् छविस पाथीभरा गा.पा.३ बस्ने बर्ष ३५ को शिवराज उपाध्यायको साथबाट ४३६ ग्राम ला.औ.(चरेश) सहित फेला पारी निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

यसै गरि सोही ईलाका प्रहरी कार्यालय जोशीपुर खेलालीवाट खटिएको प्रहरी टोलीले जोशिपुर गा.पा. ४ हस्नापुर स्थित लम्कि चुहा न.पा. ४ बलिया बस्ने बर्ष २० को लोकेन्द्र न्यौपाने ,ऐ. ६ गुलारा बस्ने बर्ष २३ को भिम जोशी र ऐ.९ प्रतापपुर बस्ने बर्ष २४ को हिक्मत परियारको साथबाट १.५४ मि.लि. ग्राम लागूऔषध खैरो हेरोइन बा प्र ०२०४२ प ६८३२ न.को मो.सा. सहित बरामद गरि नियन्त्रणमा लिएको हो ।  आईतवार वेलुका जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलीले धनगढी उप-महानगरपालिका २ त्रिनगर ब्यारेल नजिक जिल्ला कैलाली गोदावरी न.पा.८ बस्ने बर्ष २६ समिर चौधरीको साथबाट ७५ मिलिग्राम ला.औ. खैरोहेरोईन फेला पारी बरामद गरी निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको । 

 कञ्चनपुर- मिति २०८०।०२।०७ गते सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समुह र प्र.चौ.परासनबाट  खटिगएको संयुक्त प्रहरी टोलीले जिल्ला कञ्चनपुर पुनर्वास न.पा. ११ डोकेबजार स्थित ऐ.ऐ. बस्ने वर्ष ४६ को ऋषी  राम कँडेलको साथवाट ८७० मिलि ग्राम ला.औ. खैरोहेरोईन फेला पारी निजलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा पनि प्रहरीले थप अनुसन्धान गरिरहेको । 

सम्बन्धित समाचार
लागु औषध सहित मानिस पक्राउ
२०८०-०२-२४

कञ्चनपुर:- मिति २०८०।०२।२३ गतेको साँझतिर भिमदत्त न.पा.६ ऐठपुर स्थित जमुना सार्कीको घर कोठाबाट ०.२६ ग्राम लागु औषध खैरोहेरोईन सहित ऐ.ऐ.बस्ने बर्ष २१ को रबिन्द्र चन्द,ऐ.ऐ.बस्ने बर्ष १९ को दिवस चन्द र ऐ.ऐ.बस्ने बर्ष १८ की कञ्चन आग्री समेतलाई नियन्त्रणमा लिएको हो । निजहरुलाई गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा महेनद्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।      यसैगरि,मंगलबार राती जि.कञ्चनपुर वेदकोट.न.पा. ७ लालपुर बस्ने बर्ष अं. ४३ को गणेश सिह भण्डारीलाई संका लागि चेकजाँच गर्दा निजको साथबाट रेक्सोजोशिक नामक २ सिसी र फेनार्गन १ सिसि सहित फेलापारी नियन्त्रणमा लिएको हो । निजलाई प्रहरी चौकी सुडाबाट खटिई गएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा जिल्ला  प्रहरी कार्यालय कञ्चनपुरले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अबैध भन्सार छलीका सामानहरु पक्राउ
२०८०-०२-२४

कैलाली:- मिति २०८०।०२।२३ गतेको साँझतिर धनगढी उप-महानगरपालिका ४ ओमशान्ती टोल  स्थित भारतबाट भन्सार छली गरी ल्याएको लेडिज कुर्ती थान ५०० गरी अं.मुल्य २,००,०००।– (दुई लाख) बराबरको सामान बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिई गएको प्रहरी टोलीले उल्लेखित सामानहरु पक्राउ गरेको हो ।      यसैगरि,मंगलबार साँझतिर जि.कैलाली भजनी न.पा.१ पडरिया चोक स्थित भन्सार छली गरि ल्याएका पेप्सी,आन्टी,सुपारी गरि अन्दाजी रु. २५,०००।- (पच्चिस हजार) बराबरको सामानहर  बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिई गएको संयुक्त प्रहरी टोलीले उल्लेखित सामानहरु पक्राउ गरेको हो ।

लागु औषध सहित मानिस पक्राउ
२०८०-०२-२१

कैलाली:- मिति २०८०/०२/२० गतेको साँझतिर जि. कैलाली धनगढी उपमहानगरपालिका ३ त्रिनगर ब्यारेल स्थित गोदावरी नगरपालीका ५ बस्ने बर्ष १७ को साजन जहेरु लाई शंका लागी चेकजाच गर्दा निजको साथबाट ४९० मिलिग्राम ला.औ. ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । निजलाई प्रहरी चौकी त्रिनगरबाट खटिई गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।   यसैगरि, मिति २०८०/०२/२० गतेको साँझतिर जि. कैलाली टिकापुर न.पा. ९ खक्रौला चेक पोष्टमा भारतबाट नेपाल तर्फ  आउदै गरेको ऐ.जानकी गा.पा. ९ पुर्वीखैरीफाँटा बस्ने बर्ष २५ को सागर कडारालाई शंका लागी चेकजाँच गर्ने क्रममा  निजको साथबाट कुल तौल ९४० मिली ग्राम लागु औषध खैरोहेरोईन फेलापारी नियन्त्रणमा लिएको हो । निजलाई प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटीएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।