प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८०-०२-१२

  • A
  • A-
  • A+
Share

कञ्चनपुर- मिति २०८०/०२/११ गते ईलाका प्रहरी कार्यालय गड्डाचौकी,त्रिभुबनबस्ती कञ्नचनपुर र मातहत अस्थाई प्रहरी पोष्ट बिट मझँगाउ कञ्चनपुरबाट खटिएको सयुक्त प्रहरी टोलीले कञ्चनपुर जिल्लाका बिभिन्न वडा एरियाहरुमा भारतबाट भन्सार छली गरी ल्याएको अन्दाजी रु.१,१८,४७५।– बराबरको मिस्री, कोकाकोला, चिनि, बिडि, आलु, झिल्ली, मसाला, लागायतका सामानहरु सहित  साइकल र UP 31 AJ 5703 नम्बरको मो.सा. बेबारीसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीका लागी सम्बन्धित भन्सार कार्यालयमा बुझाईएको हो ।

 कैलाली- मिति २०८०।०२।११ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जि. कैलाली धनगढी उमनपा २ स्थित  भारतबाट भन्सार छली ल्याएको अन्दाजी रु. २७,०००।-  बराबरको सर्ट, अचार, ललीपप, सुर्ति, , बिडि, लगायतका सामानहरु  बेवारीसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीका लागी कैलाली भन्सार कार्यालयमा बुझाईएको हो । 

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०३-३१

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी सम्बन्धि मुद्धामा चार महिना कैद र रु.३,३३३।३३ जरिवाना तोकिएको जिल्ला कैलाली गोदावरी न.पा.-७ बस्ने बर्ष १९ को निसान्त राना सहित एकजना किसोरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।३० गते १०:१५ बजेको समयमा धनगढी उप-महानगरपालिका ७ मनेहराबाट पक्राउ गरेको ।    यसैगरी,फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले वन मुद्धामा रु.१८,४४०। जरिवाना तोकिएको जिल्ला कैलाली जानकी गाँउपालिका वडा नम्बर ८ पहाडीपुर बस्ने बर्ष ३० को जितु चौधरीलाई इलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।३० गते निजको घर ठेगानाबट पक्राउ गरेको ।

अबैध हातहतियारसहित मानिस नियन्त्रणमा
२०८२-०३-३१

    कैलाली:- मिति २०८२।०२।३० गते १६:१५ बजेको समयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले जिल्ला कैलाली भजनि न.पा.-९ आमबाडी स्थित बस्ने बर्ष ५० को दिलिप कार्कीको घरमा खान तलासि गर्दा निम्नानुसारका हातहतियार सहित निम्न मानिसहरुलाई आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।नियन्त्रणमा लिएका मानिसहरु:-१. जि.कैलाली भजनि न.पा.-९ बस्ने बर्ष ५० को दिलिप कार्की ।२. ऐ. बस्ने निजको छोरा बर्ष २२ को बिकास कार्की ।३. ऐ.-५ बस्ने बर्ष ३० को सुरेश बिक ।बरामद गरीएका हातहतियार, गोलीगठ्ठा र अन्य सामानहरु :-१.NF BABY लेखिएको पेस्तोल थान-१, ऐ.को गोलि राउण्ड – ११, म्यागजिन थान-१ ।२. नबिकरण नभएको ०,२२ बोर (हर्नेट) थान-१, ऐ.को गोली राउण्ड -२४ ।३.कटुवा पेस्तोल थान-१ ।४.भरुवा बन्दुकको काठ मात्र थान-१, छर्रा १ डिब्बा, भरुवा बन्दुकको घोडा थान-१ ।५.मयुरको प्वाख २ गुच्चा ।६. जरायोको सिंह थान-३ ।      सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।  

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।