प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलीका सामानहरु पक्राउ

२०८०-०२-२४

  • A
  • A-
  • A+
Share

कैलाली:- मिति २०८०।०२।२३ गतेको साँझतिर धनगढी उप-महानगरपालिका ४ ओमशान्ती टोल  स्थित भारतबाट भन्सार छली गरी ल्याएको लेडिज कुर्ती थान ५०० गरी अं.मुल्य २,००,०००।– (दुई लाख) बराबरको सामान बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिई गएको प्रहरी टोलीले उल्लेखित सामानहरु पक्राउ गरेको हो ।

     यसैगरि,मंगलबार साँझतिर जि.कैलाली भजनी न.पा.१ पडरिया चोक स्थित भन्सार छली गरि ल्याएका पेप्सी,आन्टी,सुपारी गरि अन्दाजी रु. २५,०००।- (पच्चिस हजार) बराबरको सामानहर  बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिई गएको संयुक्त प्रहरी टोलीले उल्लेखित सामानहरु पक्राउ गरेको हो ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा मृत्यु
२०८२-०३-१८

      कञ्चनपुर:- मिति २०८२।०३।१७ गते २०:५५ बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.३ दैजी स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको सु.प.प्र.०४-००१ च ००१३ नम्बरको बोलेरो पिकअप जिपले बिपरित दिशा बाट आउदै गरेको चालक जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१५ गोबरिया बस्ने बर्ष ४० को दिपेन्द्र चन्दले चलाएको इलेक्ट्रोनिक स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गम्भिर घाईते भई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा ऐ. २२:१५ बजे उपचारको क्रममा मृत्यु भएको,  जिप र जिप साहु जिल्ला कञ्चनपुर, बेदकोट न.पा.३ सामादैजी बस्ने बिरेन्द्र महरालाई प्रहरीले नियन्त्रणमा लिएको,  जिप चालक फरार रहेकोले खोजी कार्य भईरहेको  ।