प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध मुद्दाको फरार प्रतिबादी पक्राउ

२०८०-०२-२४

  • A
  • A-
  • A+
Share

कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा मिति २०८०/०२/२४ गते दिउसो सम्मानित जिल्ला अदालत कैलालीको मिति २०७३/१२/१० गतेको फैसलाले ८ महिना ११ दिन कैद र रु. ५,०००।–जरिवाना तोकी फरार रहेको लागु औषध मुद्दाको प्रतिबादी जिल्ला कैलाली धनगढी उमनपा १ बस्ने बर्ष ३० को बल ब.धामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले निजकै घरबाट पक्राउ  गरेको हो ।

सम्बन्धित समाचार
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
२०८०-१२-१५

     कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ मनेहरा जे.पि.चोक बस्ने बाटु कामीको काठले बनेको खरले छाएको कच्ची गोठमा मच्छर मार्नको लागि बालेको आगोबाट अचानक बुधबार राती आगलागी हुँदा गोठ भित्र रहेका २ वटा बाख्राका पाठा जलेर मृत्यु भएको । निज बाटु कामीको पिठ्यू,हात र खुट्टामा जलेर सामान्य  घाईते भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार पश्चात डिस्चार्ज भएकी । गोठ पुर्ण रुपमा जली नष्ट भएको,उक्त आगलागीबाट भएको क्षतिको बिबरण आउन बाँकी रहेको । उक्त आगलागी प्रहरी,स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आबश्यक अनुसन्धान गरिरहेको छ । 

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१२-१५

     कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ ब्यारेल नजिकबाट १ ग्राम ३१० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.१३ बस्ने बर्ष २८ को घुमन रानालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो  । वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर,कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो     यसैगरी, धनगढी उ.म.न.पा.२ बैयाबेहडी स्थित रिंङ रोडबाट १ ग्राम १६० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष ३० को प्रतिक चौधरी समेत दुई जनालाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो ।      यसैगरी, धनगढी उ.म.न.पा.८ धनगढीगाँउबाट ८७० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २८ को हरी लाल राना र बर्ष ३४ को राम बिलाश रानालाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।