अबैध भन्सार छली ल्याएको तरकारी पक्राउ
२०८०-०२-२४
- A
- A-
- A+
कञ्चनपुर:
मिति
२०८०।०२।२४ गतेको बिहान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको प्रहरी
टोलीले जि. कञ्चनपुर भिमदत्तन.पा.१० गड्डा चौकी स्थित नेपाल भारत सिमाना नजिकै
भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको सिम्लामिर्चा,कागती, हरियो खुर्सानी,गाजर,लौका गरी जम्मा अन्दाजी मुल्य रु. ७४,७५०।–
(चौरहत्तर हजार सात सय पचास) बराबरको तरकारी फेला पारी नियन्त्रणमा लिएको हो ।
उल्लेखित तरकारी आबश्यक कार्बाहीको लागी प्रहरीले भन्सार कार्यालय गड्डाचौकी
पठाएको छ ।