प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस पक्राउ

२०८०-०४-२५

  • A
  • A-
  • A+
Share

कैलाली:-जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका-३ त्रिनगर ब्यारेल नजिकबाट १६ ट्यावलेट अबैध लागु औषध स्पास  सहित ऐ.गोदावरी न.पा. २ बस्ने वर्ष १९ को गणेश पार्कीलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त लागु औषध फेला पारी पक्राउ गरेको हो ।

 

   यसैगरि,जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका-१४ खुटियाघाटबाट ४ किलो ३० ग्राम लागु औषध (चरेश) सहित जिल्ला रुकुम (पश्चिम), बासीकोट गा.पा.७ बस्ने बर्ष ३९ को भिमसेन खत्री समेत दुई जनालाई बुधवार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बहुलिया कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा भिमसेन खत्रीको झोलामा लुकाई छिपाई राखेको अबस्थामा उक्त लागु औषध (चरेश) फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

यसैगरि,जिल्ला कैलाली,गोदावरी न.पा. ०४ बुढीतोलाबाट १३ ग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र नगद रकम रू ५३,०००। ( त्रिपन्न हजार मात्र)  सहित जिल्ला डोटी,जोरायल गा.पा. २ बस्ने बर्ष २८ को मिन बहादुर मालीलाई बुधवार साँझतिर प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  

कञ्चनपुर:-जिल्ला कञ्चनपुर,भिमदत्त नगरपालिका वडा नं.४ गोबरैयाबाट ०.०६ ग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.१३ बडैपुर बस्ने बर्ष ४० को पदम कठायतलाई बुधवार साँझतिर प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट मझगाँउ कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी निज सहित मोटरसाईकल थान १ समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०३-२०

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय रु.४०,५०,०००।-(चालिस लाख पचास हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.३ मालिका टोल बस्ने बर्ष ३० की ममता खड्का कुवरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते निजकै घर ठेगानाबाट  पक्राउ गरेको ।                                                                                                      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०६९।०२।३० गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा ४ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ बजार बस्ने बर्ष ४० को मान सिह कार्कीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते ऐ. बह्रमदेव हाईवे जिरो पोईन्टबाट पक्राउ गरेको ।