प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस पक्राउ

२०८०-०६-१९

  • A
  • A-
  • A+
Share

कैलाली:- जिल्ला कैलाली, गोदावरी न.पा.४ गोदावरीबाट ३ किलो ५०० ग्राम लागू औषध चरेस जस्तो देखिने कालो पदार्थ सहित जिल्ला बझाङ्, बुङ्गल न.पा.२ बस्ती घर भई हाल जिल्ला कञ्चनपुर,कृष्णपुर न.पा.१ दोमिल्ला बस्ने बर्ष ३५ को गोरे धामीलाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट गोदावरी कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी मोटरसाईकल थान १ समेत बरामद गरि निजलाई पक्राउ गरेको हो । 

     यसैगरि:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ त्रिनगर ब्यारेलबाट ७१० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. ५ बस्ने बर्ष ३५ को मुकेश कुँवरलाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी बरामद गरि निजलाई पक्राउ गरेको हो ।  

        कञ्चनपुर:- जिल्ला कञ्चनपुर,भिमदत्त न.पा.५ शिवमन्दिर नजिकबाट ०.१८ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. ४ बस्ने बर्ष २५ को सन्तोष तिरुवा समेत दुई जनालाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी बरामद गरि निजहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-०२

     कैलाली:-  जिल्ला कैलाली टिकापुर न.पा.४ मौरनियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७२,१००।– बराबरको सकेट पाइप, रेक माल, पिलेन सकेट, एल सकेट, बोल्ड सकेट, टि-सकेट लगायतका  सामानहरु आईबार साँझ इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.४ मदनचोक र बेलौरी न.पा.६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,८९,१००।– बराबरको सुटको थान कपडा, साडी, माछा लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

फरार प्रतिबादी पक्राउ
२०८२-१२-०१

       कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ३ महिना कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ बस्ने बर्ष २३ को सागर पार्कीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।११।३० गते निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।      कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।०३।१७ गतेको फैसलाले लागूऔषध खैरो हिरोइन मुद्दामा ३ वर्ष कैद सजाय र रु.७,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ बस्ने बर्ष बर्ष २० को दिपेन्द्र रानालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।११।३०  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-०१

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ धनगढी गाउबाट १ ग्राम ३३० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित देश भारत लखिमपुर खिरी पलिया बस्ने बर्ष २२ को राजन गुप्तालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।         यसैगरी, जिल्ला कैलाली गोदावरी न.पा.११ गौडीबजार स्थित सोही ठाउँ वस्ने वर्ष ३४ को लोकेन्द्र कठायतले सञ्चालन गरेको खुद्रा पसलमा लागूऔषधको सेवन तथा कारोवार भइरहेको छ भन्ने बिशेष सुचनाको आधारमा पसल तथा निजलाई खानतलासी गर्दा ६७० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको र  सोही खुद्रा पसलमा सोही ठाउँ बस्ने बर्ष २१ को केशब नेपाली समेत लागूऔषध सेवन गरिरहेको अवस्थमा फेला पारी पसल सञ्चालक र निजलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट ओलानी,  कैलालीबाट खटिएको प्रहरी टोलीले निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।         कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० सडकघाट पिपलचौताराबाट जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ क्याम्पस रोड बस्ने बर्ष ३५ को केशब बिष्ट र  जिल्ला डडेलधुरा, आलिताल गा.पा.३ मौरी बस्ने बर्ष २३ को कृष्ण महरालाई ४५० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । से ७ प २२६६ नम्बरको मोटरसाइकलमा सवार निजहरु दुवै जनालाई भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।