प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस पक्राउ

२०८०-०६-२७

  • A
  • A-
  • A+
Share

       कैलाली:- जिल्ला कैलाली, टिकापुर न.पा. १ बसपार्क नजिकबाट १ (एक) ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला अछाम,साँफेबगर न.पा. १० घर भइ हाल टिकापुर न.पा. १ बस्ने वर्ष २२ को मनोज भुललाइ शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टिकापुर,कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी  पक्राउ गरेको हो ।

      यसैगरि, जिल्ला कैलाली, धनगढी उप-महानरपालिका ३ त्रिनगर ब्यारेलबाट १ (एक) ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. १ पशुपती टोल बस्ने १८ बर्षिय किशोरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लागू औषध नियन्त्रण ब्युरो महेन्द्रनगरबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी  पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-२९

    कैलाली:-  जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३६,३६०।– बराबरको कपडा समान,फलफुल शनिबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     दार्चुला:-  जिल्ला दार्चुला शैल्यशिखर न.पा. ९ नकतडा भोल्याबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५४,१५०।– बराबरको कपडा, किराना लगायतका सामानहरु शनिबार बिहान इलाका प्रहरी कार्यालय गोकुलेश्वर,दार्चुलाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।