प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ

२०८०-०७-२२

  • A
  • A-
  • A+
Share

डडेल्धुरा:- जिल्ला डडेल्धुरा, अमरगढी न.पा.२ भेल स्थित चन्द्र भण्डारीको पुरानो कुखुरा फर्म भित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाँउ बस्ने बर्ष २४ को बिरेन्द्र खडायत समेत ९ जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु. १३,०३५।- (तेह्र हजार पैतिस)  र  तास ३ गड्डी सहित पक्राउ गरेको हो । यस  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

 अछाम:- जिल्ला अछाम, पञ्चदेवल बिनायक न.पा.३ कागतोला बस्ने बल बहादुर शाहीको बाँझो घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाँउ बस्ने बर्ष ३५ को बिनोद शाही समेत ९ जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिनायक अछामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु. ३६,१००।-  र  तास ४ गड्डी सहित पक्राउ गरेको हो । यस  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
सवारी दुर्घटनामा मृत्यु
२०८२-०३-१८

      कञ्चनपुर:- मिति २०८२।०३।१७ गते २०:५५ बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.३ दैजी स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको सु.प.प्र.०४-००१ च ००१३ नम्बरको बोलेरो पिकअप जिपले बिपरित दिशा बाट आउदै गरेको चालक जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१५ गोबरिया बस्ने बर्ष ४० को दिपेन्द्र चन्दले चलाएको इलेक्ट्रोनिक स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गम्भिर घाईते भई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा ऐ. २२:१५ बजे उपचारको क्रममा मृत्यु भएको,  जिप र जिप साहु जिल्ला कञ्चनपुर, बेदकोट न.पा.३ सामादैजी बस्ने बिरेन्द्र महरालाई प्रहरीले नियन्त्रणमा लिएको,  जिप चालक फरार रहेकोले खोजी कार्य भईरहेको  ।