फरार प्रतिबादी पक्राउ
२०८०-१०-२८
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा चोरी मुद्दामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले १५ दिन कैद सजाय ठहर भई फरार रहेका जिल्ला कैलाली,धनगढी उप-महानगरपालिका १५ उर्मा बस्ने बर्ष २६ को राम सेवक रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आईतबार बिहान सोही स्थानबाट पक्राउ गरेको हो । निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।