अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-११-१४
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, गोदावरी न.पा.१ मनहराबाट १७० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २७ को हेम सिंह साउदलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ रामजानकी टोल स्थित सडक खण्डबाट ७७० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित धनगढी.उ.म.न.पा. ५ हसनपुर बस्ने बर्ष २८ को बिराट रावललाई आईतबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आईरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,निजले प्रयोग गरेको मोटरसाईकल थान-१ र उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैगरी:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ सुकासालबाट १.७२ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित कृष्णपुर न.पा.२ बस्ने बर्ष २४ को बिजय पाल समेत दुई जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । अस्थाई प्रहरी बिट सुकासाल, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,निजहरुले प्रयोग गरेको मोटरसाईकल थान-१ र उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैगरी:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ होल्डिङ्ग सेन्टरबाट ०.६७ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. १८ भगतपुर बस्ने बर्ष २३ को भुवन मगर र ऐ. ८ बस्ने बर्ष २१ को महेन्द्र डगौरालाई आईतबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजहरु भारतबाट नेपाल तर्फ आईरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि, उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।