जुवातास खेलिरहेको अबस्थामा आठ जना पक्राउ
२०८०-१२-१७
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.६ मट्यारी स्थित सोही ठाँउ बस्ने बर्ष २७ को ओम प्रकाश कठायतले संचालन गरेको दकाजी किराना पसल भित्र कोठामा जुवातास खेलिरहेको अवस्थामा पसल संचालक सहित आठ जना मानिसहरुलाई शुक्रबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उक्त पसलमा चेकजाँच गर्दा उनिहरुलाई नगद रु. ३०,५७५।– (तिस हजार पाँच सय पचहत्तर) र ३ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।