प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८०-१२-१९

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.१० झलारी स्थित जित राम चौधरीको काठले बनेको कच्चि गाई गोठमा आईतबार साँझतिर अचानक आगलागी हुँदा गाई गोठ र गोठ भित्र रहेका काठ लगायतका सामानहरु गरी अन्दाजी रु. ७५,०००।- बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
सवारी दुर्घटनामा मृत्यु
२०८२-०३-१८

      कञ्चनपुर:- मिति २०८२।०३।१७ गते २०:५५ बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.३ दैजी स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको सु.प.प्र.०४-००१ च ००१३ नम्बरको बोलेरो पिकअप जिपले बिपरित दिशा बाट आउदै गरेको चालक जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१५ गोबरिया बस्ने बर्ष ४० को दिपेन्द्र चन्दले चलाएको इलेक्ट्रोनिक स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गम्भिर घाईते भई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा ऐ. २२:१५ बजे उपचारको क्रममा मृत्यु भएको,  जिप र जिप साहु जिल्ला कञ्चनपुर, बेदकोट न.पा.३ सामादैजी बस्ने बिरेन्द्र महरालाई प्रहरीले नियन्त्रणमा लिएको,  जिप चालक फरार रहेकोले खोजी कार्य भईरहेको  ।