प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८०-१२-१९

  • A
  • A-
  • A+
Share

     बझाङ:- जिल्ला बझाङ, मष्टा गा.पा.६ रिलु बस्ने जिते रोकाया,ऐ.बस्ने ईश्वर रोकाया र ऐ.बस्ने लोकेन्द्र रोकायाको सङ्गै जोडिएका ३ तले पत्थरले छाएका घरहरुमा सोमबार दिउँसो अचानक आगलागी हुँदा घर लगायत घर भित्र रहेका अन्नपात,भाडाबर्तन,लत्ताकपडा लगायतका सामानहरु जलेर नष्ट भएको हो । आगलागीबाट मानविय तथा चौपाया क्षती नभएको । उक्त आगलागी स्थानियको सहयोगमा नियन्त्रणमा आई सकेको । आगलागीबाट भएको क्षतिको बिबरण आउन बाँकी रहेको । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय मष्टा बझाङबाट प्रहरी टोली खटिई गई आवश्यक अनुसन्धान गरिरहेको छ ।

     कैलाली:- जिल्ला कैलाली,धनगढी उ.म.न.पा. ७ राना गाँउ स्थित कल्लु रानाको जस्तापाताले छाएको भुईतले कच्ची गोठमा राखेको भुसा र परालमा खाना पकाउन बालेको आगोबाट सोमबार दिउँसो अचानक आगलागी हुँदा उक्त गोठ र गोठ भित्र रहेको भुसा,पराल,काठको कडी, जस्तापाता लगायतका सामानहरु गरि अन्दाजी रु.१,५०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागीबाट गोठ भित्र रहेको बाख्रा १ वटा जलेर घाईते भएको छ भने अन्य मानबिय क्षती नभएको । उक्त आगलागी प्रहरी,स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
सवारी दुर्घटनामा मृत्यु
२०८२-०३-१८

      कञ्चनपुर:- मिति २०८२।०३।१७ गते २०:५५ बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.३ दैजी स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको सु.प.प्र.०४-००१ च ००१३ नम्बरको बोलेरो पिकअप जिपले बिपरित दिशा बाट आउदै गरेको चालक जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१५ गोबरिया बस्ने बर्ष ४० को दिपेन्द्र चन्दले चलाएको इलेक्ट्रोनिक स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गम्भिर घाईते भई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा ऐ. २२:१५ बजे उपचारको क्रममा मृत्यु भएको,  जिप र जिप साहु जिल्ला कञ्चनपुर, बेदकोट न.पा.३ सामादैजी बस्ने बिरेन्द्र महरालाई प्रहरीले नियन्त्रणमा लिएको,  जिप चालक फरार रहेकोले खोजी कार्य भईरहेको  ।