प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-१२-२२

  • A
  • A-
  • A+
Share

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

निम्न:-

१. चोरी मुद्दामा रु.३५,०००।– जरिवाना ठहर भएका गोदावरी न.पा.२ बस्ने भवानी प्रसाद संग्रोला ।

२. नक्कली मुद्रा सम्बन्धी मुद्दामा रु. ४७,३००।– जरिवाना ठहर भएकी  धनगढी उ.म.न.पा.७ बस्ने  सुनिता राना ।

३. फौजदारी बिबिध मुद्दामा रु.३,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.६ बस्ने रघुनाथ भट्ट ।

४. फौजदारी बिबिध मुद्दामा रु.३,०००।– जरिवाना ठहर भएकी धनगढी उ.म.न.पा.६ बस्ने चन्द्रा देवी भट्ट ।

५. लागू औषध मुद्दामा ५ बर्ष कैद सजाय र रु.५,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. ८ बस्ने जय शंकर सिंह ।

६. नकवजनी चोरी मुद्दामा २९ दिन कैद सजाय र रु.१०,०००।– जरिवाना ठहर भएका गोदावरी न.पा. ९ बस्ने दिपक राज जोशी ।

७. लागू औषध मुद्दामा ३ महिना २१ दिन कैद सजाय ठहर भएका गोदावरी न.पा. २ बस्ने घनश्याम जोशी ।

८. जारी मुद्दामा १ महिना कैद सजाय र रु.१,०००।– जरिवाना ठहर भएकी गौरीगंगा न.पा. ८ बस्ने शिवचरणी चौधरी ।

९. वन मुद्दामा रु.१,५६,९८२।– जरिवाना ठहर भएका कैलारी गा.पा.८ बस्ने छेदु राम चौधरी ।

    कञ्चनपुर:-  सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०५२।०५।०७ गतेको फैसलाले बन मुद्दामा रु.२,४७४।- जरिवाना ठहर भई फरार रहेका बेल्डाडी गा.पा.-१ बेल्डाडी बस्ने बर्ष  ५० को रमेश सिंहलाई बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।