प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-१२-२२

  • A
  • A-
  • A+
Share

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

निम्न:-

१. चोरी मुद्दामा रु.३५,०००।– जरिवाना ठहर भएका गोदावरी न.पा.२ बस्ने भवानी प्रसाद संग्रोला ।

२. नक्कली मुद्रा सम्बन्धी मुद्दामा रु. ४७,३००।– जरिवाना ठहर भएकी  धनगढी उ.म.न.पा.७ बस्ने  सुनिता राना ।

३. फौजदारी बिबिध मुद्दामा रु.३,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.६ बस्ने रघुनाथ भट्ट ।

४. फौजदारी बिबिध मुद्दामा रु.३,०००।– जरिवाना ठहर भएकी धनगढी उ.म.न.पा.६ बस्ने चन्द्रा देवी भट्ट ।

५. लागू औषध मुद्दामा ५ बर्ष कैद सजाय र रु.५,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. ८ बस्ने जय शंकर सिंह ।

६. नकवजनी चोरी मुद्दामा २९ दिन कैद सजाय र रु.१०,०००।– जरिवाना ठहर भएका गोदावरी न.पा. ९ बस्ने दिपक राज जोशी ।

७. लागू औषध मुद्दामा ३ महिना २१ दिन कैद सजाय ठहर भएका गोदावरी न.पा. २ बस्ने घनश्याम जोशी ।

८. जारी मुद्दामा १ महिना कैद सजाय र रु.१,०००।– जरिवाना ठहर भएकी गौरीगंगा न.पा. ८ बस्ने शिवचरणी चौधरी ।

९. वन मुद्दामा रु.१,५६,९८२।– जरिवाना ठहर भएका कैलारी गा.पा.८ बस्ने छेदु राम चौधरी ।

    कञ्चनपुर:-  सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०५२।०५।०७ गतेको फैसलाले बन मुद्दामा रु.२,४७४।- जरिवाना ठहर भई फरार रहेका बेल्डाडी गा.पा.-१ बेल्डाडी बस्ने बर्ष  ५० को रमेश सिंहलाई बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०१

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.१ ब्लक नम्बर १४  बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ११० मिलिग्राम र लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ७ ग्राम ५६० मिलिग्राम सहित सोही न.पा.९ बस्ने बर्ष २० को पुष्प साउद समेत ६ जनालाई विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।       यसैगरी, जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट २८० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही न.पा.१ बस्ने बर्ष ३० को कुबेर बनलाई विहीबार वेलुकी प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले बा ७८ प १५१५ नम्बरको स्कुटरमा सवार निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, स्कुटर सहित पक्राउ गरेको हो ।