लडेर मानिसको मृत्यु
२०८०-१२-३०
- A
- A-
- A+
डोटी:- जिल्ला डोटी, आदर्श गा.पा.२ कारिया टोल स्थित सडक खण्डबाट अन्दाजी १२ फिट तल खसेर ऐ.२ मौवा बस्ने बर्ष ३२ को लोग बि.क.को शुक्रबार दिउँसो मृत्यु भएको हो । निज लडेर घाईते भएको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय आदर्श डोटीबाट प्रहरी टोली खटिई निजको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल डोटीमा पुर्याई डाक्टरले चेकजांच गर्दा मृत घोषणा गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।