प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानिस मृत्त अबस्थामा फेला

२०८१-०१-०४

  • A
  • A-
  • A+
Share

   बझाङ:- जिल्ला बझाङ, खप्तडछान्ना गा.पा.६ पुजारीगाँउ बस्ने बर्ष अन्दाजी ५५ को जगत बहादुर खड्का सोही ठाँउ स्थित आफ्नै भतिजा नाता पर्ने गोरख बहादुर खड्काको घरको ग्यालरीमा सोमबार दिउँसो मृत अबस्थामा फेला परेका हुन । निज मृत्त अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट प्रहरी टोली खटिई गई आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैंध भन्सार छलीका सामान बरामद
२०८१-०१-१७

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ चटकपुर र DK पेट्रोलपम्प,ऐ.७ बेली बजार,टीकापुर न.पा.७ विस्णु कान्ति चोक स्थित भित्री सडक खण्ड र ऐ.९ झुँगा स्थित भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,२१,४७०।–बराबरको प्याज,बिडी,सुर्ती,प्लाष्टिक झिल्ली,सुटपिस,सिद्रा माछा, ई-रिक्सा मिटर बक्स,नल्का को डोल्ची ,पाना बक्स, टि-सकेट,पलम्बु,सकेट,डिटिसि वाल,तरभुजा  लगायतका सामानहरु सोमबार प्रदेश प्रहरी कार्यालय धनगढी,जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

नदीमा डुबी बेपत्ता
२०८१-०१-१७

    कैलाली:- जिल्ला कैलाली, मोहन्याल गा.पा. २ बस्ने बर्ष ३४ को दिल बहादुर तंलानी  पिपलसैनी स्थित कर्णाली नदिमा नुहाउने क्रममा सोमबार दिउँसो डुबी बेपत्ता भएका छन । निज डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पण्डौन, कैलालीबाट प्रहरी टोली खटिई गई निजको खोजतलासका साथै आवश्यक अनुसन्धान भइहेको छ ।      डोटी:- जिल्ला डोटी, शिखर न.पा. ८ लुवाखडी स्थित धनगढीबाट अछाम तर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ज १५३४ नम्बरको  अल्टो कार लुवाखडी स्थित सडकमा रोकी चालक जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ बस्ने बर्ष अन्दाजी ३८/४० को नर बहादुर तामाङ सेती नदिको किनारमा नुहाउने क्रममा सोमबार दिउँसो डुबी बेपत्ता भएका छन । निज डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डोटी समेतबाट प्रहरी टोली खटिई गई निजको खोजतलासका साथै आवश्यक अनुसन्धान भइरहेको छ । 

अबैंध भन्सार छलीका सामान बरामद
२०८१-०१-१७

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिक, ऐ. ३ ब्यारेल र टीकापुर नपा ७ खैरिपुर स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८५,९८५।–बराबरको प्याज,चिनी,मिठाई,बिडी,सुर्ती,खानेतेल,नरिवल,सरफ,धनियाँ,गन्जि,धोती,प्लाष्टिक डोरी, प्राउन नल्ली  लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.११ चौकीसत्ता,बेलौरी न.पा.१ फटैया,ऐ.२ बैजुडाडा, ऐ.८ कलकत्ता, ऐ.१० भुडा, दोधारा चाँदनी न.पा. ७ टाउके टोल, पुनर्वास न.पा. ११ डोकेबजार र बेलडाँडी गा.पा.३ कमरी चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१९,१२०।–बराबरको प्याज,चिनी,मिठाई,चक्लेट,पास्ता,गहुँ,खानेतेल,पेय पदार्थ,सुर्ती,किटनाषक औषधी,तरकारी, फलाम र काठले बनेका गहु,धान चाल्ने चाल्ला  लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०१-१७

    कैलाली:- जिल्ला कैलाली,  गोदावरी न.पा. १२ बस्ने लक्ष्मण वि.क. र श्याम वि.क. को दुईवटा गाँई गोठमा आईतबार दिउँसो अचानक आगलागी हुँदा गाई गोठ पुर्ण रुपमा जली अन्दाजी रु. ५,००,०००।– (पाँचलाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।       यसैगरी,  बजे लम्कीचुहा न.पा.५ तिलकपुर बस्ने जगती ढोली नेपालीको एक तले एक कोठे काठले बनेको खरले छाएको कच्ची भान्सा घरमा आईतबार साँझतिर अचानक आगलागी हुँदा भान्सा कोठामा रहेका खाद्यन्न,भाँडा,लत्ता कपडा लगायतका सामानहरु गरि अन्दाजी रु. ९०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो, सोही आगलागीबाट संगै सटेर रहेको ऐ. बस्ने लक्ष्य ढोली नेपालीको दुई तले दुई कोठे काठले बनेको टिन जस्ता पाताले छाएको कच्ची गोठमा समेत आगलागी हुँदा गोठ भित्र रहेका पराल,फल्याक,चौखट लगायतका सामानहरु गरि अन्दाजी रु. ७०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो,  । उक्त आगलागी प्रहरी,स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेदकोट न.पा. ४ बस्ने बिरेन्द्र बहादुर बिष्टको काठले बनेको घरमा आईतबार दिउँसो अचानक आगलागी हुँदा घर पुर्ण रुपमा जलि अन्दाजी रु.१,५०,०००।–बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।       अछाम:- जिल्ला अछाम, ढकारी गा.पा.८ देवल बजार बस्ने परिलाल चौलागाईको ढुङ्गा माटो काठले बनेको खरले छाएको समशेर एण्ड प्रतिज्ञा कुखुरा पोल्टि फर्ममा त्रिपुरा सुन्दरी सामुदायिक वनमा लागेको आगोवाट आईतबार आगलागी हुँदा फर्ममा रहेका ४३ दिनका १,२०० वटा ब्रोईलर कुखुरा,२ क्विन्टल कुखुराको दाना,लत्ता कपडा र उक्त फर्म समेत पुर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

अबैंध भन्सार छलीका सामान सहित मानिस नियन्त्रणमा
२०८१-०१-१७

    कैलाली:- मिति २०८१।०१।१६ गते साँझ १८:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.४ स्थित हरि ओम हार्डबेयर एण्ड सप्लायर्सले अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका चोरी पैठारीका सामानहरु बिक्रि वितरण गर्ने गरेको भन्ने सुचनाको आधारमा आईतबार साँझ तिर जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलिले देश भारत, जिल्ला लखिमपुर, पलिया कला खिरी स्थायी घर भई हाल जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बस्ने बर्ष ४४ को आशिष गुप्ताको उक्त हार्डवेयरको गोदाममा भारतिय Up31 T 7711 नम्बरको ट्रक बाट अनलोड गर्दै गरेको अवस्थामा Concrete mixture machine-१ सेट, Disk doll maker -७ सेट, Cultivate -३ सेट, Cultivator catch wheel-१ सेट (२ पिस), Pumping set 8th HP complete-१ पिस, Dhal knife ५२ सेट, Rubber strip १६ बण्डल,Harrow Tyre 6.00-14 -४ पिस, Auto rickshaw Tyre ६६ पिस, Fatta pipe १०० बण्डल, Grease ३० कार्टुन, Engine oil ५ कार्टुन र उक्त नम्बरको ट्रक थान -१ सहित  अन्दाजी मूल्य रु.४०,०४०००।-(चालिस लाख चार हजार) बराबरको हार्डवयरका सामानहरु फेला पारी नियन्त्रणमा लिएको छ । उल्लेखित सामान र ट्रक सहित मानिसलाई आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको ।    कञ्चनपुर:- मिति २०८१।०१।१७ गते जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ४ बासपार्क र ऐ.६ ऐठपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४,१८,५९०।- बराबरको चिनी, ईन्जन तेल, युरिया मल, पशु आहार, चुरा, खाने तेल, किरानाका सामान, कस्मेटिक सामान, JCB पार्ट्स, बाल्टिन, जीम पाउडर, सिल्भर कडाई, सिल्भर फ्राईबिन, सिल्भर डेक्ची लगायतका सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ । उल्लेखित सामानहरु आवश्यक कारबाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको  ।