प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध लागू औषध सहित मानिस पक्राउ

२०८१-०१-१४

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १० जनकल्याण स्कुल नजिकबाट ३ ग्राम २६० मिलिग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.३ बस्ने १८ बर्षिय किशोर र जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.८ बस्ने बर्ष २१ को समिर वडायकलाई  बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । 

    यसैगरी, गोदावरी न.पा.-२ अत्तरियाबाट १९८.८७ ग्राम अबैंध लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित जिल्ला बझाङ, छब्बिस पाथिभरा गा.पा.-७ बस्ने बर्ष ४८ को कलक धामीलाई  बिहीबार प्रहरीले पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती,कैलालीबाट खटिएको प्रहरी टोलीले गोदावरी न.पा.-२ अत्तरिया स्थित निजले सञ्चालन गरेको अन्नपुर्ण होटलमा खानतलासी गर्दा होटलको भान्सा कोठाबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०३-२०

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय रु.४०,५०,०००।-(चालिस लाख पचास हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.३ मालिका टोल बस्ने बर्ष ३० की ममता खड्का कुवरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते निजकै घर ठेगानाबाट  पक्राउ गरेको ।                                                                                                      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०६९।०२।३० गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा ४ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ बजार बस्ने बर्ष ४० को मान सिह कार्कीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते ऐ. बह्रमदेव हाईवे जिरो पोईन्टबाट पक्राउ गरेको ।