प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित मानिस पक्राउ

२०८१-०१-१५

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- भिमदत्त नगरपालिका-६ ऐठपुर डेरा गरी बस्ने दार्चुला मालिकार्जुन गाउँपालिका-३ घर भएका ३९ वर्षीय आन सिह साउँद र ३१ वर्षीय गोबिन्द धामीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ६० मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो माहेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

    कैलाली:- टीकापुर नगरपालिका-१ भुपु कमैया शिविर टोल बस्ने २५ वर्षीय विकास चौधरी समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 


सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०३-२०

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय रु.४०,५०,०००।-(चालिस लाख पचास हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.३ मालिका टोल बस्ने बर्ष ३० की ममता खड्का कुवरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते निजकै घर ठेगानाबाट  पक्राउ गरेको ।                                                                                                      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०६९।०२।३० गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा ४ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ बजार बस्ने बर्ष ४० को मान सिह कार्कीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते ऐ. बह्रमदेव हाईवे जिरो पोईन्टबाट पक्राउ गरेको ।