प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०१-१७

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली,  गोदावरी न.पा. १२ बस्ने लक्ष्मण वि.क. र श्याम वि.क. को दुईवटा गाँई गोठमा आईतबार दिउँसो अचानक आगलागी हुँदा गाई गोठ पुर्ण रुपमा जली अन्दाजी रु. ५,००,०००।– (पाँचलाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

    यसैगरी,  बजे लम्कीचुहा न.पा.५ तिलकपुर बस्ने जगती ढोली नेपालीको एक तले एक कोठे काठले बनेको खरले छाएको कच्ची भान्सा घरमा आईतबार साँझतिर अचानक आगलागी हुँदा भान्सा कोठामा रहेका खाद्यन्न,भाँडा,लत्ता कपडा लगायतका सामानहरु गरि अन्दाजी रु. ९०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो, सोही आगलागीबाट संगै सटेर रहेको ऐ. बस्ने लक्ष्य ढोली नेपालीको दुई तले दुई कोठे काठले बनेको टिन जस्ता पाताले छाएको कच्ची गोठमा समेत आगलागी हुँदा गोठ भित्र रहेका पराल,फल्याक,चौखट लगायतका सामानहरु गरि अन्दाजी रु. ७०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो,  । उक्त आगलागी प्रहरी,स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेदकोट न.पा. ४ बस्ने बिरेन्द्र बहादुर बिष्टको काठले बनेको घरमा आईतबार दिउँसो अचानक आगलागी हुँदा घर पुर्ण रुपमा जलि अन्दाजी रु.१,५०,०००।–बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

    अछाम:- जिल्ला अछाम, ढकारी गा.पा.८ देवल बजार बस्ने परिलाल चौलागाईको ढुङ्गा माटो काठले बनेको खरले छाएको समशेर एण्ड प्रतिज्ञा कुखुरा पोल्टि फर्ममा त्रिपुरा सुन्दरी सामुदायिक वनमा लागेको आगोवाट आईतबार आगलागी हुँदा फर्ममा रहेका ४३ दिनका १,२०० वटा ब्रोईलर कुखुरा,२ क्विन्टल कुखुराको दाना,लत्ता कपडा र उक्त फर्म समेत पुर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   


सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०४-०१

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०३।३२ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. सवारी ज्यान कसुर मुद्दामा २० दिन कैद सजाय र रु.४,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, लम्कीचुहा न.पा.३ चिसापानी बस्ने वर्ष २७ को विजय आचार्य । २. सवारी ज्यान कसुर मुद्दामा १५ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, लम्कीचुहा न.पा.३ चिसापानी बस्ने वर्ष २८ को नमराज चापागाई ।३. लागूऔषध (खैरो हेरोईन) मुद्दामा २ महिना २६ दिन कैद सजाय र रु.५०००।– जरिवाना तोकिएकी लम्कीचुहा न.पा.३ चिसापानी बस्ने वर्ष ३१ की दिपा कुमारी बिष्ट (साउँद) ।

अबैध हातहतियारसहित मानिस नियन्त्रणमा
२०८२-०३-३१

    कैलाली:- मिति २०८२।०२।३० गते १६:१५ बजेको समयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले जिल्ला कैलाली भजनि न.पा.-९ आमबाडी स्थित बस्ने बर्ष ५० को दिलिप कार्कीको घरमा खान तलासि गर्दा निम्नानुसारका हातहतियार सहित निम्न मानिसहरुलाई आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।नियन्त्रणमा लिएका मानिसहरु:-१. जि.कैलाली भजनि न.पा.-९ बस्ने बर्ष ५० को दिलिप कार्की ।२. ऐ. बस्ने निजको छोरा बर्ष २२ को बिकास कार्की ।३. ऐ.-५ बस्ने बर्ष ३० को सुरेश बिक ।बरामद गरीएका हातहतियार, गोलीगठ्ठा र अन्य सामानहरु :-१.NF BABY लेखिएको पेस्तोल थान-१, ऐ.को गोलि राउण्ड – ११, म्यागजिन थान-१ ।२. नबिकरण नभएको ०,२२ बोर (हर्नेट) थान-१, ऐ.को गोली राउण्ड -२४ ।३.कटुवा पेस्तोल थान-१ ।४.भरुवा बन्दुकको काठ मात्र थान-१, छर्रा १ डिब्बा, भरुवा बन्दुकको घोडा थान-१ ।५.मयुरको प्वाख २ गुच्चा ।६. जरायोको सिंह थान-३ ।      सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।  

फरार प्रतिबादी पक्राउ
२०८२-०३-३१

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी सम्बन्धि मुद्धामा चार महिना कैद र रु.३,३३३।३३ जरिवाना तोकिएको जिल्ला कैलाली गोदावरी न.पा.-७ बस्ने बर्ष १९ को निसान्त राना सहित एकजना किसोरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।३० गते १०:१५ बजेको समयमा धनगढी उप-महानगरपालिका ७ मनेहराबाट पक्राउ गरेको ।    यसैगरी,फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले वन मुद्धामा रु.१८,४४०। जरिवाना तोकिएको जिल्ला कैलाली जानकी गाँउपालिका वडा नम्बर ८ पहाडीपुर बस्ने बर्ष ३० को जितु चौधरीलाई इलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।३० गते निजको घर ठेगानाबट पक्राउ गरेको ।