प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०१-२०

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:- मिति २०८१।०१।१९ गते १७:५० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.७ कालोपुलबाट जिल्ला कैलाली, धनगढी उ.म.न.पा.६ धनगढीगाउ बस्ने बर्ष २८ को ओमप्रकाश चौधरीलाई पैदल हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा २.३५ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको । 

   यसैगरी, मिति २०८१।०१।१९ गते १७:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ गड्डाचौकीको होल्डिङ्ग सेन्टर /७ नम्बर पिल्लर नजिकबाट ऐ.१९ बस्ने बर्ष २० को अरुण रानालाई भारतबाट नेपाल आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा २.८२ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको । 

   बाजुरा:- मिति २०८१।०१।१९ गते १७:०० बजेको समयमा जिल्ला बाजुरा, बुढिगंगा न.पा ६ फालासैनबाट ऐ.५ बस्ने बर्ष २५ को बिनोद थापाले लागू औषध (खैरो हिरोईन) को कारोबार बिक्रि बितरण गर्ने गरेको छ भन्ने गोप्य सुचानाको आधारमा निजलाई चेकजाँच गर्दा ४ ग्राम ९७ मिलिग्राम औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र नगद रु.३६,२८०।- सहित नियन्त्रणमा लिईएको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०३-२०

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय रु.४०,५०,०००।-(चालिस लाख पचास हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.३ मालिका टोल बस्ने बर्ष ३० की ममता खड्का कुवरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते निजकै घर ठेगानाबाट  पक्राउ गरेको ।                                                                                                      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०६९।०२।३० गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा ४ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ बजार बस्ने बर्ष ४० को मान सिह कार्कीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते ऐ. बह्रमदेव हाईवे जिरो पोईन्टबाट पक्राउ गरेको ।