प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०१-२०

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:- मिति २०८१।०१।१९ गते १३:४० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा. २ ढकनिया बस्ने करन बिष्टको घर नजिक रहेको खेतको गहुँ नलमा लगाइएको आगोबाट गाई गोठमा आगलागी हुँदा गोठ भित्र रहेको भुसा,पराल, काठ लगायतका सामानहरु गरि अन्दाजी रु.६०,०००।–  बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।   

   यसैगरी, मिति २०८१।०१।१९ गते १५:०० बजेको समयमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा. १  जयशंकर सामुयिक बनमा लागेको आगोबाट सोही ठाउँ बस्ने रमेश बुढाको भुईतले काठ र जस्ता पाताले बनेको कच्ची गाई गोठमा आगलागी हुँदा गोठमा लगाएको काठ,जस्ता पाता, र गोठ भित्र रहेको पराल  लगायतका सामानहरु गरि अन्दाजी रु.१,५०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।   

   कैलाली:- मिति २०८१।०१।१९ गते १६:२५ बजेको समयमा जिल्ला कैलाली, बर्दगोरिया गा.पा.३ खैरेनी बस्ने ठेउके दमाईको काठले बनेको र टायलले छाएको २ तले, ४ कोठे कच्चि घर र सोही आगोबाट रबि जनालाको नजिकै रहेको कुखुराको खोरको छानामा आगलागी हुँदा अन्दाजी रु.२,३५,०००।– बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको । प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।   


सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-०९

    कैलाली:- जिल्ला कैलाली भजनी न.पा.७ करुवाघाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,३०,०००।– बराबरको फुटबल जुत्ता बिहीबार इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।       कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,७६,८००।– बराबरको पेय पदार्थ, चिनी, बिडी, सुर्ति, नमकिन, चक्लेट, पटका लगायतका सामानहरु बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-०८

      कैलाली, गोदावरी नगरपालिका-१ अत्तरीयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २ सय ८० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-७ क्याम्पसरोड बस्ने ३१ वर्षीय हितेश साहुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१८ कटान जानकी टोलबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ११० मिलिग्राम सहित सोही न.पा.३ भाषी बस्ने १८ वर्षिय किशोरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।      यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा.७ बरैया स्थित लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३५० मिलिग्राम सहित शुक्लाफाँटा न.पा.९ नौखरी बस्ने वर्ष २६ को विक्रम डगौरा र ऐ. १० बस्ने वर्ष २२ को महेश चौधरीलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजहरुले प्रयोग गरेको शु.न.पा.ह ४० नम्वरको अटो सहित दुवै जनालाई पक्राउ गरेको छ ।