प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलीका सामान बरामद

२०८१-०१-२१

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०१।२० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ बालुवाघाट, ऐ.३  ट्राफिक चौराह, भजनी न.पा.५ हलौनाघाट, जोशीपुर गा.पा. ३ मनिकापुर र कैलारी गा.पा. ४ भितरिया घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,९५,००५।–बराबरको प्याज, चिनी, मिश्री, गुड, प्लाष्टिक झिल्ली, खुर्सानी, नरिवल, सरफ, Hand Gloves, ACENOFF-PLUS, VENTIMOX-PLUS LB, BENTNOVATE-L, EPSOM SALT, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको  ।

   कञ्चनपुर:- मिति २०८१।०१।२० गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ९ मटेना, ऐ. १० सुकासाल, ऐ.१२ भाइरल पुल र बेलौरी न.पा.१ फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,६३,६३०।–बराबरको प्याज, चिनी, मिश्री, अचार, omega 3 fatty acid, cod liver oil, evening primrose oil, vitamin Sofitel capsule, multivitamin & amp; Antioxidant soft jell gelatin capsules, omega 3 fatty acid soft gel capsules, माछा, मोटरसाईकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको  ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-१०-१२

       कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १ महिना कैद सजाय र रु.१,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.८ बस्ने बर्ष २३ को दिपेन्द्र रानालाई  जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।११  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।          कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०६८।०३।०२ गतेको फैसलाले डाँकाचोरी मुद्दामा ६ बर्ष कैद सजाय र रु. २६,८५०।–जरिवाना र सोही मुद्दामा मिति २०६८।१२।०१ गतेको फैसलाले ६ बर्ष कैद सजाय र रु.३०,१५०।–जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.४ ढैया बालुवाटार बस्ने बर्ष ५० को मदन नाथ योगी भनिने मदन बि.क.लाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।११  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।  

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-०९

 कैलाली:- मिति २०८२।१०।०७ गते १४:४० बजेको समयमा गोप्य सुचनाको अधारमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.१ भुरुवाबाट सोही ठाउँ बस्ने २४ को भरत सन्ज्याल र ऐ.५ बस्ने बर्ष २७ को मदन आचार्यलाई चेकजाँच गर्दा निजहरुको साथबाट ३१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।        यसैगरी, मिति २०८२।१०।०७ गते १५:०० बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.१ सुखड बजारबाट सोही ठाउँ बस्ने २६ को दिपक धामीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ३३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।        यसैगरी, मिति २०८२।१०।०७ गते १९:३० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.८ बटनपुरबाट सोही ठाउँ बस्ने २३ को राहुल लुहार, जिल्ला बर्दिया, गेरुवा गा.पा.२ पाताभार बस्ने बर्ष २३ को समिर चौधरी र ऐ. बस्ने बर्ष २० को अनिश थारुलाई लाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ८०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ, २९० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ र १ थान खुकुरी समेत फेला पारी उक्त पदार्थ र खकुरी सहित निजहरु तिनै जनालाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।          कञ्चनपुर:-  मिति २०८२।१०।०७  गते १३:०० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६  बैशाखा स्थित पुल नजिक इलेक्ट्रोनिक स्कुटरलाई चेकजाँच गर्दा स्कुटर चालक ऐ. ४ शान्तीपुर बस्ने बर्ष २४ को महादेव चौधरीको साथबाट ४१०मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, स्कुटर सहित निजलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।         यसैगरी,  मिति २०८२।१०।०७  गते १३:२० बजेको समयमा लागूऔषधको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, शुक्लाफाँटा १० खुल्लामञ्च नजिकबाट ऐ.झलारी बस्ने वर्ष ३३ को चन्दन ऐर र ऐ.११ कलुवापुर बस्ने बर्ष २५ को दिपेन्द्र सुनारलाई चेकजाँच गर्दा निजहरुको साथबाट ०.३६ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।     यसैगरी,  मिति २०८२।१०।०७  गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० दर्सिखल्ला स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय UK06BM9116 नम्वर पिलेटको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक भारत जिल्ला पिलिभित, टाटरगंज बस्ने बर्ष २२ को मंगु सिंहको साथबाट २ ग्राम २५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।       यसैगरी,  मिति २०८२।१०।०७  गते २०:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ बरेलीटोलबाट सोही ठाउँ बस्ने बर्ष २५ को दिपक थापालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ०.१३ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।

फरार प्रतिबादी पक्राउ
२०८२-१०-०९

 कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।१०।०७ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१.सवारी ज्यान मुद्दामा ११ महिना ७ दिन कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.१० फकिरेटोल बस्ने बर्ष ३३ को सुशिल प्रसाद जोशी ।२.लागूऔषध मुद्दामा २७ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, बेलौरी ना.पा.१० भुडा बस्ने बर्ष २४ को बिकाश चौधरी ।३.लागूऔषध मुद्दामा ४ बर्ष ११ महिना १५ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.९ सिसैया बस्ने बर्ष २४ को ललित ऐर । ४.लागूऔषध मुद्दामा २० दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, बेलौरी ना.पा.१० सडकघाट बस्ने बर्ष २४ को सुरज चौधरी ।      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ५ वर्ष कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएकी जिल्ला कैलाली, चुरे गा.पा.३ सुनारी बस्ने बर्ष २३ की निर्मला कुमारी रावतलाई  इलाका प्रहरी कार्यालय फल्टुडे, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।०७  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।