प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलीका सामान बरामद

२०८१-०१-२१

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०१।२० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ बालुवाघाट, ऐ.३  ट्राफिक चौराह, भजनी न.पा.५ हलौनाघाट, जोशीपुर गा.पा. ३ मनिकापुर र कैलारी गा.पा. ४ भितरिया घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,९५,००५।–बराबरको प्याज, चिनी, मिश्री, गुड, प्लाष्टिक झिल्ली, खुर्सानी, नरिवल, सरफ, Hand Gloves, ACENOFF-PLUS, VENTIMOX-PLUS LB, BENTNOVATE-L, EPSOM SALT, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको  ।

   कञ्चनपुर:- मिति २०८१।०१।२० गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ९ मटेना, ऐ. १० सुकासाल, ऐ.१२ भाइरल पुल र बेलौरी न.पा.१ फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,६३,६३०।–बराबरको प्याज, चिनी, मिश्री, अचार, omega 3 fatty acid, cod liver oil, evening primrose oil, vitamin Sofitel capsule, multivitamin & amp; Antioxidant soft jell gelatin capsules, omega 3 fatty acid soft gel capsules, माछा, मोटरसाईकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको  ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-१९

 कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ डि.के.पेट्रोल पम्प नजिकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ २४८ मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २८ को अमन पन्थीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.६ जाईबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ २०२ मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २२ को सन्जित चौधरी र वर्ष ३८ को प्रेमलाल रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार राति शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ भुजेला स्थित लागूऔषधको कारोबार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा अवैध नियन्त्रित लागूऔषध फेनारगन एम्पुल ६३ ट्याब्लेट र B-Gesic एम्पुल ६३ ट्याब्लेट सहित सोही न.पा.१८ बागबाणी बस्ने वर्ष २७ को आसुतोष सिनाललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-१९

  कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१० घुइयाघाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३०,५५०।– बराबरको चिनी, दाल, मिठाई, जिरा, प्लाष्टिक झिल्ली लगायतका सामानहरु आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५८,०५०।– बराबरको पेय पदार्थ, बिडी, कुरकुरे, नमकिन, बोइलर कुखुरा लगायतका सामानहरु आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-१८

      कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२७,२५०।– बराबरको सुर्ति, गाडीको विभिन्न पार्टपुर्जा लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।         कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५६,९००।– बराबरको चिनी, पेय पदार्थ, बिडी, खाने तेल लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।