प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०१-२१

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:- मिति २०८१।०१।२० गते १७:४० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा. ४ बैवाह बस्ने जैशी बुढाको घर नजिक बच्चाहरु प्लास्टिक जलाई आगो खेली रहेको अवस्थामा एक्कासी हावा हुरीले आगो उडाई दुई तले चार कोठे खरले छाएको घर र सँगै टाँसिएको टिनले छाएको दुई तले २ कोठे दुईवटा घरमा आगलागी हुँदा घर र घरभित्र रहेका नगद, सुन, खाद्यान्न, भाँडा वर्तन,लत्ता कपडा, नागरीकता, लाल पुर्जा, जन्म दर्ता, काठ लगायतका सामानहरु गरि अन्दाजी रु. ७,२२,२५०।–  बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।   

   बाजुरा:- मिति २०८१।०१।२० गते १६:३० बजेको समयमा जिल्ला बाजुरा, बुढीगंगा न.पा. ४ कोटबाडा स्थित सल्लाघारी जङ्लमा लागेको आगोबाट सोही ठाउँ वस्ने बस्ने बर्ष ४५ को मोहन नेपालीको ढुङ्गा माटोले बनेको टिनले छाएको चार कोठे कच्ची घरमा आगलागी हुँदा घर र घरभित्र रहेका नगद,खाद्यान्न, भाँडा वर्तन, लत्ता कपडा लगायतका सामानहरु जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, क्षतिको विवरण आउन वाँकि रहेको, प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-१४

    कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,७१,९००।– बराबरको सुर्ति, खेलौना, सुटपिस, कट्टु, पटका लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.३ भाँसीबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२५,५००।– बराबरको किराना लगायतका सामानहरु मंगलबार बेलुकी वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।          यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ भुजेलाबाट अवैध रुपमा नेपालबाट भारत तर्फ भन्सार छलि गरी लैजाँदै गरेका अन्दाजी मूल्य रु.१,६०,०००।– बराबरको बाख्राहरु मंगलबार साँझ इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गडडाचौकी पठाईएको छ ।   

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-१३

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१ खानेपानी कार्यालय नजिकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ४०० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २६ को संजय नेपाली समेत ५ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.९ पिपरिया स्थित जानकी सामुदायिक बन क्षेत्र भित्र लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ७ ग्राम १९० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष ३४ को अनिल राना र वर्ष २२ को हरि राम रानालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार राति सु.प.प्र.०१-००९ प ९८०३ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।      यसैगरी, जिल्ला कञ्चनपुर बेलडाँडी गा.पा.३ बलराम टोलबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ६७० मिलिग्राम सहित बेलौरी न.पा.९ अण्डैया बस्ने वर्ष २६ को दिनेश डगौरालाई प्रहरी चौकी झिलमिला, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमबार राति भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।