प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०१-२१

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:- मिति २०८१।०१।२० गते १७:४० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा. ४ बैवाह बस्ने जैशी बुढाको घर नजिक बच्चाहरु प्लास्टिक जलाई आगो खेली रहेको अवस्थामा एक्कासी हावा हुरीले आगो उडाई दुई तले चार कोठे खरले छाएको घर र सँगै टाँसिएको टिनले छाएको दुई तले २ कोठे दुईवटा घरमा आगलागी हुँदा घर र घरभित्र रहेका नगद, सुन, खाद्यान्न, भाँडा वर्तन,लत्ता कपडा, नागरीकता, लाल पुर्जा, जन्म दर्ता, काठ लगायतका सामानहरु गरि अन्दाजी रु. ७,२२,२५०।–  बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।   

   बाजुरा:- मिति २०८१।०१।२० गते १६:३० बजेको समयमा जिल्ला बाजुरा, बुढीगंगा न.पा. ४ कोटबाडा स्थित सल्लाघारी जङ्लमा लागेको आगोबाट सोही ठाउँ वस्ने बस्ने बर्ष ४५ को मोहन नेपालीको ढुङ्गा माटोले बनेको टिनले छाएको चार कोठे कच्ची घरमा आगलागी हुँदा घर र घरभित्र रहेका नगद,खाद्यान्न, भाँडा वर्तन, लत्ता कपडा लगायतका सामानहरु जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, क्षतिको विवरण आउन वाँकि रहेको, प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-१८

    कञ्चनपुर:- मिति २०८२।१०।१७ गते १७:०० बजेको समयमा  गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर भिमद्त्त न.पा. १० तिल्केनि बस्ने वर्ष ३२  खगेन्द्र साउँदको घरको कोठामा खानतलासी गर्दा निजको साथबाट ५४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ,  १ थान डिजिटल तराजु र निज संगै बसेको ऐ.वडा नं. ७ हल्दुखाल बस्ने वर्ष २८ को उज्जल बोहरा समेत दुबै जनालाई लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी बिट नौलाखेत,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।          यसैगरी मिति २०८२।१०।१७ गते १९:३० बजेको समयमा जिल्ला कञ्चनपुर भिमद्त्त न.पा. ११ होल्डिङ सेन्टर ( ७ नं  पिल्लर ) बाट जिल्ला कञ्चनपुर भिमदत्त न.पा.३ भाषी बस्ने बर्ष ४६ को जिवन शर्मालाई शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ९३ मिलिग्राम लागूऔषध खैरो हेरोइन ( ब्राउनसुगर) जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय गड्डाचौकी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।    

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१०-१८

    कैलाली:- मिति २०८२।१०।१७ गते जिल्ला कैलाली भजनी न.पा. ५ पगियापसार स्थितबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१८,०००।– (दुई लाख अठार हजार मात्र ) बराबरको हार्डवयर ( वासर, ताला,वेरिङ,बेल्ट ) लगायतका सामानहरु इलाका प्रहरी कार्यालय पृथ्विपुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      कञ्चनपुर:- मिति २०८२।१०।१७ गते कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरु भिमदत्त न.पा.९ जमुना घारी र बेलौरी न.पा. १० भुडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६६,९१०।– बराबरको कपडा, चिनी, सुर्ति र नुडल्स लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-१७

    कैलाली:- मिति २०८२।१०।१६ गते २२:०० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ राजपुरबाट सोही ठाउँ बस्ने ३२ को राज कुमार राना र १७ बर्षिय किशोरलाई चेकजाँच गर्दा निजहरुको साथबाट १६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई प्रहरी चौकी कैलालीगाउँ, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।         कञ्चनपुर:-  मिति २०८२।१०।१६ गते १५:३० बजेको समयमा लागूऔषध खैरो हेरोईनको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१८ भगतपुर बस्ने बर्ष २५ को प्रभुराज हमालको घर कोठा खानतलासी गर्दा निजले घर कोठामा लुकाई छिपाई राखेको अवस्थामा २ ग्राम ७७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ, PREGA75 क्याप्सुल थान २० र ANTIKOF ट्याब्लेट थान २९ प्रतिवन्धित लागूऔषध  समेत फेला पारी उक्त लागूऔषध सहित निजलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

सुनको सिक्री चोरी गर्ने एक जना पक्राउ
२०८२-१०-१६

    अछाम:- मिति २०८२।१०। १५ गते १६:५० बजेको समयमा जिल्ला अछाम, साँफेबगर न.पा.४ छिपेखोला स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालय नजिक सोही पार्टीका बरिष्ठ नेता बालेन शाहको चुनावी भेटघाट कार्यक्रममा भिडभाडको मौका छोपी जिल्ला पर्सा, पकाहा मैनपुर गा.पा. ५ बस्ने बर्ष ३१ को उमेश रायले जिल्ला अछाम, साँफेबगर न.पा.५ नौंठाना बस्ने बर्ष ४० की सत्यदेवी कुँवरको घाटीमा लगाएको १२.१७ ग्रामको सुनको सिक्रि चोरी गर्ने क्रममा निज उमेश रायलाई इलाका प्रहरी कार्यालय साँफेवगर, अछामबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।