अबैध भन्सार छलिका सामान बरामद
२०८१-०१-२३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०१।२२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१० चकमेलीघाट, ऐ. १५ कनरी र टीकापुर न.पा.१ नयाँबस्ती स्थित भित्रि सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३४,५४०।– बराबरको प्राउन, पेय पदार्थ, बोईलर कुखुरा, माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०१।२२ गते०६:३० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा. ४ “घ” गाँउ बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२४,६००।–बराबरको पेय पदार्थ,बोईलर कुखुरा, माछा लगायतका सामानहरु इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।