प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०१-२४

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:- मिति २०८१।०१।२३ गते १६:३० बजेको समयमा जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा. १ पशुपति टोल स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा भिमदत्त न.पा ५ सुकासाल बस्ने वर्ष २४ को बिक्रम सिह साँउदलाई २ ग्राम ७२० मिलिग्राम  लागू औषध खैरो  हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 

  कैलाली:- मिति २०८१।०१।२३ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा. ६ बड्याहाबाट पैदल हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा सोही ठाउँ बस्ने बर्ष बर्ष २७ को जय किशन चौधरी र बर्ष १९ को रमेश बिष्टलाई १ ग्राम २०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८३-०६-१६

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेदकोट न.पा.७ हजारा स्थित सोही ठाउँ बस्ने वर्ष ४० को हरिश साउँदले अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३,०५,६००।- ( तिन लाख पाँच हजार छ सय ) बराबरको नरिवल पाउडर, मिल्क केक, मिठाई, सोन पापडी, नमकिन, प्लाष्टिक झोला, रब्बरको कट्टा, रसभरी मिठाई, पुजा लगायतका सामानहरु घरमा लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो आवश्यक प्रक्रिया पुरा गरी उक्त सामान सहित निजलाई नियन्त्रणमा लिएको छ ।    यसैगरी, कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.९०,०००।– बराबरको पेय पदार्थ, हार्डवेयर लगायतका सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।