प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रुखबाट लडेर मृत्यु

२०८१-०१-२४

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०१।२३ गते १७:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ९ बस्ने बर्ष ६० की राजु देबि बोहरा आफ्नै घर नजिकै रहेको गुल्लरको रूखमा घाँस काट्ने क्रममा अचानक रुखबाट लडेर गम्भिर घाईते भई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-०६

    कैलाली:- जि.कैलाली भजनी नगरपालिका वडा नं.३ पडरीया स्थित इलाका प्रहरी कार्यालय भजनी कैलालीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा बिहीबार दिउसो सोही ठाँउ बस्ने अन्दाजी बर्ष २८ को हरि प्रसाद डगौराको घर कोठामा खानतलासी गर्दा शुद्ध तौल ७७० मिलिग्राम लागु औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई बिहीबार दिउसो नियन्त्रणमा लिएको ।     यसै गरी जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मनेहरा स्थित बिहीबार साँझ अस्थायी प्रहरी पोष्ट मनेहरा कैलालीबाट खटिएको प्रहरी टोलीले  ऐ.ऐ. १२ मनेहरा पुरानो शिविर‍ बस्ने वर्ष १८ को एकजना किसोरलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल ७० मिलिग्राम लागु औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।    कञ्चनपुर:- जिल्ला कञ्चनपुर पुनर्वास न.पा-११ डोकेबजार स्थित बिहिबार साँझ भारतबाट नेपाल तर्फ आउदै गरेको पैदलयात्री जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं. -५ गेटा बस्ने अन्दाजी बर्ष १९ को कुशल बिष्टलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट शुद्ध तौल ४५० मिलिग्राम खैरो हिरोईन जस्तो धूलो पदार्थ फेला पारी उक्त पदार्थ सहित चार जनालाई नियन्त्रणमा लिएको । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-०५

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ दक्षिणकाली मार्ग स्थित बुधबार साँझ जिल्ला कैलाली गोदावारी नगरपालिका वडा नं. ९ बस्ने बर्ष १९ को सन्जय राना, जिल्ला कंञ्चनपुर कृष्णपुर नगरपालिका वडा नं. ७ कलुवापुर बस्ने बर्ष १९ को घनश्याम राना र एकजना १८ बर्षे किसोरलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट शुद्ध तौल ३ ग्राम ५८ मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित तीनै जनालाई नियन्त्रणमा लिएको । यस सम्बन्धा प्रहरीले आबश्यकक अनुसन्धान गरिरहेको ।