प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०१-२४

  • A
  • A-
  • A+
Share

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।१०।२३ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

    निम्न:-

१. चेक अनादर मुद्दामा रु.१,०००।– जरिवाना ठहर भएकी  गौरीगंगा न.पा.७ बस्ने बर्ष ४२ की सुस्मा देवी ।

२. वन मुद्दामा रु.२५,०००।– जरिवाना ठहर भएका गोदावरी न.पा.४ बस्ने बर्ष ४२ को प्रेम सिंह । 

३. वन मुद्दामा रु.२५,०००।– जरिवाना ठहर भएका गोदावरी न.पा.४ बस्ने बर्ष ६७ को धोजराज भट्टराई । 

४. चोरी मुद्दामा रु.१,७०,०००।– जरीवाना ठहर भएका धनगढी उ.म.न.पा. ६ बस्ने बर्ष २८ को राम भजन राना ।

५. गाली बेईज्जत मुद्दामा रु.२,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. ६ बस्ने बर्ष ६८ को राम बहादुर बोगटी ।

६. चेक अनादर मुद्दामा रु.५००।– जरिवाना ठहर भएका गोदावरी न.पा. ९ बस्ने बर्ष ३४ को दिर्घ पार्की ।

७. चेक अनादर मुद्दामा रु. १०००।– जरिवाना ठहर भएका टिकापुर न.पा. १  बस्ने वर्ष ५२ तपेन्द्र बहादुर शाह ।

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।१०।२३ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

    निम्न:-

१. जग्गा अतिक्रमण मुद्दामा रु.३,०००।- जरिवाना ठहर भएकी बेदकोट न.पा.-७ बस्ने बर्ष ५० की हिरा भट्ट ।

२. बन मुद्दामा १५ दिन कैद सजाय र रु.१८,८१५।७६ जरिवाना ठहर भएका पुनर्बास न.पा.११ बस्ने बर्ष ६९ को चित्र बहादुर थापा ।

३. बन मुद्दामा १५ दिन कैद सजाय र रु.१८,८१५।७६ जरिवाना ठहर भएका पुनर्बास न.पा.११ बस्ने बर्ष ७३ को जगत राम चौधरी ।

४. जालसाची मुद्दामा रु.१,५००।– जरिवाना ठहर भएकी कृष्णपुर न.पा. ७ बस्ने बर्ष ४५ की प्रेमवती राना ।

५. कुटपिट मुद्दामा जनही रु. १५०।-का दरले जरिवाना ठहर भएका भिमदत्त न.पा.-७ हल्दुखाल बस्ने बर्ष ४० की चन्द्रा देवी धामी, बर्ष २५ को मोहन र बर्ष ३५ की भुरी देवी धामी ।


सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-१४

     कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ कुसुमघाट स्थितबाट १ ग्राम ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र PROXIOHMSPAS नामक २८ वटा क्याप्सुल, N10 नामक २८ वटा ट्याब्लेट सहित जिल्ला कैलाली टीकापुर न.पा.५ बस्ने वर्ष २२ को रोशन सार्की सहित २ जनालाई प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरीले टोलीले शुक्रबार लु.प्र.०१-०१५प ४७८९ नम्बरको मो.सा.मा सवार निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यसैगरी,  जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ चटकपुर स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२७ मिलिग्राम सहित जिल्ला डोटी जोरायल गा.पा. २ बस्ने वर्ष २५ को अमर बहादुर कुँवरलाई अस्थायी प्रहरी पोष्ट चटकपुर,कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८३-०७-१४

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर,  जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी टोलीले शुक्रबार निजहरुलाई पक्राउ गरेको छ ।    १. लागु औषध मुद्धामा १ वर्ष कैद सजाय तोकिएको जिल्ला डोटी जोरायल गा.पा.वडा नं १ बस्ने वर्ष २२ को किरण बिश्वकर्मा ।  २. चेक अनादर मुद्धामा रु. २,०००।–( दुई हजार ) जरिवाना तोकिएको जिल्ला कैलालि लम्किचुहा न.पा.४ बस्ने नन्द राज जैशी र   सोही मुद्दामा रु. १०००।–(एक हजार)  जरिवाना तोकिएको जिल्ला कैलालि लम्किचुहा न.पा.४ बस्ने गजेन्द्र शाही ।३. बैन्किङ कसुर मुद्दामा ७ दिन कैद सजाय  र रु.१३,५५,०००।– ( तेह्ललाख पचपन्न हजार ) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर लालझाडी गा.पा.वडा न.१ बस्ने वर्ष ३६ को सरोज चौधरी ।

फरार प्रतिवादी पक्राउ
२०८३-०७-१३

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहिबार निजहरुकै घर ठेगानाबाट पक्राउ गरेको छ ।    १. सवारी ज्यान मुद्धामा ६ महिना कैद सजाय  र रु.२,०००।–( दुई हजार) जरिवाना तोकिएको जिल्ला कैलाली घोडाघोडी न.पा. वडा नं ३ बस्ने वर्ष ३४ को बुधराम थारु ।   २. बैङ्किङ कसुर मुद्धामा ५ दिन कैद सजाय  र रु. ४,००,०००।–( चार लाख ) जरिवाना तोकिएको जिल्ला कैलाली घोडाघोडी न.पा. वडा नं ५ बस्ने वर्ष ३० को प्रदिप कुमार चौधरी ।