प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०१-२४

  • A
  • A-
  • A+
Share

कञ्चनपुर:- मिति २०८१।०१।२४ गते १४:१५ बजेको समयमा जिल्ला कञ्चनपुर, शुक्लाफाटा न.पा.३ जोनापुर स्थित पक्की सडक खण्डमा लागू औषधको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा चेकजाँच गर्दा सोही ठाउँ बस्ने वर्ष २४ को भुवन सिंहको साथबाट ०.१९ ग्राम लागू औषध खैरो  हेरोईन जस्तो देखिने धुलो पदार्थ र ०.८१ ग्राम चरेस जस्तो देखिने कालो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 


सम्बन्धित समाचार
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
२०८२-०९-२६

     डोटी:-  मिति २०८२।०९।२५ गते १५:२५ बजेको समयमा जिल्ला डोटी, शिखर न.पा.१० बान्डुङग्रीसैन स्थित के.आई. सिंह राजमार्गमा धनगढी बाट दिपायल तर्फ जाँदै गरेको  सु.प.प्र. ०१-०१३ प ८१२८ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा पैदल यात्री  सोही ठाउँ बस्ने बर्ष ६८ की तारा देवी बलायरलाई ठक्कर दिँदा गम्भिर घाईते भई उपचारको लागि स्थानिय मेडिकल हुँदै डडेल्धुरा अस्पताल डडेल्धुरा लगिएकोमा उपचारको क्रममा ऐ.१८:५० बजे मृत्यु भएको, मोटरसाइकल चालक डोटी दिपायल सिलगढी न.पा.०२ खुल्लेक बस्ने बर्ष २६ को मोहन बोगटी र मोटरसाइकल पछाडी सवार सोही ठाउँ वस्ने बर्ष ३६ को राम बोगटीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।