प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सेफ्टी ट्याङ्कीमा खसेर बालकको मृत्यु

२०८१-०१-२५

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:- मिति २०८१।०१।२४ गते १२:३० बजेको समयमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.३ चित्रपुर बस्ने शिवा रानाको छोरा अन्दाजी १ बर्ष ५ महिनाको लिवन राना सोही ठाउँ बस्ने रमेश रानाको चालु अवस्थामा रहेको ढक्कन खुल्ला गरि राखेको सेफ्टी ट्याङ्कीमा खस्न गई डुवी अचेत अबस्थामा फेला पारी उपचारको लागी धनगढी स्थित मायामेट्रो अस्पताल धनगढीमा लगी डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको  । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको । 

सम्बन्धित समाचार
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
२०८२-०९-२६

     डोटी:-  मिति २०८२।०९।२५ गते १५:२५ बजेको समयमा जिल्ला डोटी, शिखर न.पा.१० बान्डुङग्रीसैन स्थित के.आई. सिंह राजमार्गमा धनगढी बाट दिपायल तर्फ जाँदै गरेको  सु.प.प्र. ०१-०१३ प ८१२८ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा पैदल यात्री  सोही ठाउँ बस्ने बर्ष ६८ की तारा देवी बलायरलाई ठक्कर दिँदा गम्भिर घाईते भई उपचारको लागि स्थानिय मेडिकल हुँदै डडेल्धुरा अस्पताल डडेल्धुरा लगिएकोमा उपचारको क्रममा ऐ.१८:५० बजे मृत्यु भएको, मोटरसाइकल चालक डोटी दिपायल सिलगढी न.पा.०२ खुल्लेक बस्ने बर्ष २६ को मोहन बोगटी र मोटरसाइकल पछाडी सवार सोही ठाउँ वस्ने बर्ष ३६ को राम बोगटीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।