फरार प्रतिवादी पक्राउ
२०८१-०१-२५
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।१०।२४ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
निम्न:-
१. जाल साक्षी मुद्दामा रु.१५,००,२००।–(पन्ध्र लाख दुई सय ) जरीवाना ठहर भएकी जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ बस्ने बर्ष ६५ की मन्धरा देवी राना ।
२. चेक अनादर मुद्दामा रु.१०००।–जरिवाना ठहर भएका जिल्ला कैलाली, गोदावरी न.पा.९ बस्ने बर्ष ३४ को दिर्घ पार्की ।