प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०१-२६

  • A
  • A-
  • A+
Share

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित अदालतको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०१।२५ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

    निम्न:-

१. बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन, ललितपुरको  फैसलाले १५ दिन कैद सजाय, रु.४४,००,०००।- (चौंवालिस लाख ) जरिवाना र रु.१,७६,०००।- (एक लाख छहत्तर हजार) क्षतिपुर्ति ठहर भएका टिकापुर न.पा.५ बस्ने वर्ष ३४ को अनुज हमाल, 

२. लागू औषध चरेश गाँजा मुद्दामा १ बर्ष १ महिना २५ दिन कैद सजाय र १०,०००।– जरिवाना ठहर भएका गोदावरी न.पा.१ बस्ने बर्ष ५५ को गोम बहादुर बुढा मतवाला ।

३. बन मुद्दामा रु.१४,८००।– जरीवाना ठहर भएका धनगढी उ.म.न.पा.७ बस्ने बर्ष ५५ को सोनोराम चौधरी ।

४. बन मुद्दामा रु.१४,८००।– जरीवाना ठहर भएका धनगढी उ.म.न.पा.७ बस्ने बर्ष ५० को लाल सिंह राना ।

५. चोरी मुद्दामा १३ दिन कैद सजाय र रु.१२,०००।– जरीवाना ठहर भएका धनगढी उ.म.न.पा.१४ बस्ने बर्ष २५ को शंकर बहादुर परियार ।

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले बन मुद्दामा ६ महिना कैद सजाय र रु.५,९००।-जरिवाना ठहर भई फरार रहेका पुनर्वास न.पा.१ बस्ने बर्ष ५३ को बाशुदेब रानालाई मिति २०८१।०१।२५ गते इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको । 


सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८३-०६-२०

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०६।१९ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।चोरी मुद्दामा १ महिना कैद सजाय र रु.१,०००।– ( एक हजार ) जरिवाना तोकिएको गोदावरी न.पा. १ बस्ने वर्ष ३५ को बिनित बढु ।चोरी मुद्दामा १ बर्ष ६ महिना कैद सजाय र रु.६०,०००।– ( साठी हजार ) जरिवाना तोकिएको घोडाघोडी न.पा.२ साडेपानी बस्ने वर्ष २८ को अर्जुन बिष्ट ।   अछाम:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको मिति २०८२।१२।१६  गतेको फैसलाले बन्यजन्तु अबैध शिकार मुद्दामा १ महिना कैद सजाय र रु.५,०००।- (पाँच हजार) जरिवाना तोकिएको बान्निगढी जयगढ गा.पा.६ बस्ने वर्ष ३६ को जयन्द्र शाहलाई प्रहरी चौकी जयगढ, अछामबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।

अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-२०

    कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ७८० मिलिग्राम सहित लम्कीचुहा न.पा.१ बस्ने वर्ष २६ को बिशाल विष्ट, ऐ.२ बस्ने वर्ष ३४ को राम बहादुर शाही र ऐ.५ बस्ने वर्ष २१ को बिज्ञान भण्डारीलाई इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ सु.प.प्र.०१-०११ प ६७१४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजहरु तिनै जनालाई पक्राउ गरेको छ ।     यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मनेहरा रानागाउँबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम ४५ मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २२ को सुरेश रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुकी शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-१९

 कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ डि.के.पेट्रोल पम्प नजिकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ २४८ मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २८ को अमन पन्थीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.६ जाईबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ २०२ मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २२ को सन्जित चौधरी र वर्ष ३८ को प्रेमलाल रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार राति शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।        जिल्ला कैलाली भजनी नगरपालिका-९ गन्जहुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९ सय ३० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका-१२ बस्ने २७ वर्षीय डेबिट चौधरी र  ३४ वर्षीय नरेन्द्र चौधरी रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले से.३ प ७६९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर:-  जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ भुजेला स्थित लागूऔषधको कारोबार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा अवैध नियन्त्रित लागूऔषध फेनारगन एम्पुल ६३ ट्याब्लेट र B-Gesic एम्पुल ६३ ट्याब्लेट सहित सोही न.पा.१८ बागबाणी बस्ने वर्ष २७ को आसुतोष सिनाललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-१९

  कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१० घुइयाघाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३०,५५०।– बराबरको चिनी, दाल, मिठाई, जिरा, प्लाष्टिक झिल्ली लगायतका सामानहरु आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५८,०५०।– बराबरको पेय पदार्थ, बिडी, कुरकुरे, नमकिन, बोइलर कुखुरा लगायतका सामानहरु आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।