प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०१-२७

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०१।२६ गते १९:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १७ पथरीबाट शंका लागि चेकजाँच गर्दा सोही ठाउँ बस्ने बर्ष २७ को बिनोद चौधरीलाई २७० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 

   यसैगरी, मिति २०८१।०१।२६ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १३ कैलालीगाउँबाट शंका लागि चेकजाँच गर्दा सोही ठाउँ बस्ने बर्ष २५ को उमेश राना र बर्ष १९ को रुस्तम रानालाई ५० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८३-०२-२६

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।२५ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।१.    सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय र रु.४,०००।– जरिवाना तोकिएको घोडाघोडी न.पा.१ बस्ने खडक रेश्मी मगर ।२.    सवारी ज्यान मुद्दामा २ महिना कैद सजाय तोकिएको शुक्लाफाँटा न.पा. १० बस्ने खेमराज जोशी । ३.    लागूऔषध मुद्दामा १ वर्ष कैद सजाय र रु.५,०००।– जरिवाना तोकिएको जिल्ला बझाङ वित्थडचिर गा.पा.२ बस्ने धन वहादुर बोहरा ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-२६

      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.११ चौकीसत्ता र ऐ.१७ बाँसखेडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,२२,०००।– बराबरको हेडफोन, स्पिकर, जेमेक्ट्रीबक्स, कपी, भारतिय नम्बरको मोटरसाइकल लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ सिसा पोष्ट नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७९,९००।– बराबरको वाल पेपर रोल, ग्रास कार्पेट, व्यानर, फ्रेम लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।