प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अ.२५ के.जी. लागु औषध (चरेश) सहित २ जना पक्राउ

२०७८-०६-१३

  • A
  • A-
  • A+
Share

मिति:-२०७७।०६।१५ गते अ.०३:३० बजे वित्थडचिर गा.पा. २ लिम भन्ने स्थानमा विशेष सुराकीको आधारमा सु.प.प्र. अनुसन्धान समुह (RIT) बाट प्र.ना.नि. केशव जोशीको कमाण्डमा खटिएको टोली र प्रहरी चौकी वित्थडचिर  बाट प्र.स.नि. राम बहादुर बमको कमाण्डमा खटिएको टोलीले निम्न स्थान बस्ने निम्न ब्यक्ती हरुले प्लाष्टिकमा बेरेर कपडाको भारी बोक्ने बनाई अ.२५ के.जी. लागु औषध (चरेश) बोकी बुङ्गलबाट वित्थड बझाङ तर्फ आईरहेको अवस्थामा निजहरुलाई नियन्रत्रणमा लिई प्र.चौ. वित्थडचिरको नियन्त्रणमा राखेको ।

निम्न:-

१. जि. बझाङ बुङ्गल न.पा.२ बस्ती बस्ने नरविर धामीको छोरा बर्ष अ.२५ को धन बहादुर धामी ।

२. जि. बझाङ बुङ्गल न.पा. २ बनभ्वाँ बस्ने कल्यान धामीको छोरा बर्ष अ.२८ को धन बहादुर धामी ।

charesh final

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-१३

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१ खानेपानी कार्यालय नजिकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ४०० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २६ को संजय नेपाली समेत ५ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.९ पिपरिया स्थित जानकी सामुदायिक बन क्षेत्र भित्र लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ७ ग्राम १९० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष ३४ को अनिल राना र वर्ष २२ को हरि राम रानालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार राति सु.प.प्र.०१-००९ प ९८०३ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।      यसैगरी, जिल्ला कञ्चनपुर बेलडाँडी गा.पा.३ बलराम टोलबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ६७० मिलिग्राम सहित बेलौरी न.पा.९ अण्डैया बस्ने वर्ष २६ को दिनेश डगौरालाई प्रहरी चौकी झिलमिला, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमबार राति भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।