फरार प्रतिवादी पक्राउ
२०८१-०१-२७
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले वन मुद्दामा ३ महिना कैद सजाय र रु.२,७५,०००।–जरिवाना ठहर भई फरार रहेका गोदावरी न.पा. ०४ बस्ने बर्ष ४६ को प्रेम मल्ललाई मिति २०८१।०१।२६ गते अस्थायी प्रहरी पोष्ट गोदावरी, कैलालीबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरी सम्मानित अदालत समक्ष पेश गरेको ।