अबैध भन्सार छलिका सामान बरामद
२०८१-०१-२८
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०१।२७ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिक, ऐ. धनगढी उ.म.न.पा.९ त्रिवेणीघाट, ऐ. १५ उर्मा र भजनी न.पा.५ कौवाखेडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३६,०१०।– बराबरको प्याज, चिनी, मिश्री, सुर्ती, बिडी, पानीपुरी, पास्ता, सुपारी, सरप, चप्पल, कुर्ति, सुटपिस, साडी लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०१।२७ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु दोधारा चाँदनी न.पा.१० कुतियाकभर र बेलडाँडी गा.पा.३ बैवाहबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२२,२००।– बराबरको प्लाष्टिक कुर्सि, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।